अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौं आइपुगे

File Photo
File Photo

अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्। उनीहरु कुवेत हुँदै जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो। नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ।

उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ। नेपाल आएका मध्ये १२६ जना पुरूष र एक जना महिला रहेका छन्। 

प्रकाशित मिति: : 2021-08-17 11:10:00

प्रतिकृया दिनुहोस्