बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद्को बैठक बसेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत सहभागी छन्।

केही अध्यादेश ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेकाे बताइएको छ।

मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि लागू हुने गरी दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-08-17 12:36:00

प्रतिकृया दिनुहोस्