माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेले संसदमा दियाे निवेदन

नेकपा एमालेले माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्दै सांसदबाट पदमुक्त गर्न संसद सचिवालयमा सूचना दर्ता गरेको छ।

पार्टीले यसअघि नै हटाउने निर्णय गरिसकेको भए पनि सरकारले अध्यादेश जारी गरेपछि कारवाही अघि बढाएको हो। यसबारे निर्वाचन आयोगमा समेत जानकारी गराइएको एमालेका एक नेताले बताएका छन्।

कारवाहीमा परेका नेताहरुमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्। 

प्रकाशित मिति: : 2021-08-17 17:02:00

प्रतिकृया दिनुहोस्