तालिबानले महिलालाई पनि मन्त्री बनाउने, कर्मचारीलाई आममाफी घोषणा

Photo - EPA
Photo - EPA

अफगानिस्तान कब्जा गरेपछि तालिबानले सरकार गठनको तयारी तीब्र पारेको छ। तालिबानले त्राशै–त्राशबीच सरकारी कर्मचारीहरूलाई ‘आममाफी’ घोषणा गरेर काममा फर्किन आदेश दिएको छ। 

राष्ट्रपति अशरफ घानी राजधानी काबुल छाडी भागेपछि देशभरि आतंक मच्चिएको छ। तालिबानले आफ्नो सरकार पूर्ण इस्लामिक हुने स्पष्ट पारेको छ। तालिबानले महिलालाई सरकारमा सामेल हुन समेत आग्रह गरेको छ। 

अफगानिस्तानमा सबैलाई आममाफी घोषणासँगै इस्लामिक इमिरेटका सदस्य ईनामुल्लाह समनगनीले आफ्नो सरकारमा महिला पनि सामेल हुने बताए। अफगानिस्तानमा महिला हिंसा रोक्ने आफ्नो संगठनको लक्ष्य भएको सदस्य समनगनीले अफगानिस्तानको सरकारी टिभीलाई जनाएका छन्। 

‘सरकारको संरचना पूर्ण स्पष्ट छैन। तर हाम्रो अनुभवको आधारमा पूर्ण इस्लामी नेतृत्व हुनुपर्दछ र सबै सरोकारवालाहरू सरकारमा संलग्न हुन्छन्,’ समनगनीले भने, ‘अहिले सरकार बनाउने एजेण्डा तय भइरहेको छ, हामीहरू चाँडै घोषणा गर्नेछौँ।’

प्रकाशित मिति: : 2021-08-17 17:25:00

प्रतिकृया दिनुहोस्