मध्यरातमा अध्यादेश जारी गर्न सरकारले गरेकाे सिफारिशलाई राष्ट्रपतिले गरिन् अस्वीकार

राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन गर्न सरकारले राष्ट्रपतिलाई गरेको सिफारिश  मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेको छ।

संवैधानिक अधिकारको प्रयोग गर्दै शेरबहादुर देउवा नेतृत्वकाे सरकारले मन्त्रिपरिषदबाट पारित भएकाे अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।

मंगलबार साँझ उक्त सिफारिश राष्ट्रपतिसमक्ष पुगे पनि तत्काल अध्यादेश जारी नहुने शीतल निवास स्रोतले जनाएको छ।

त्यसो त सरकारले राष्ट्रपतिलाई मध्यरातमै अध्यादेश जारी गर्न आग्रहसहित सिफारिश गरेको थियो।

तर शीतल निवास स्रोतले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भनेको छ, 'अध्यादेश साँझ अबेर आइपुग्यो। अध्यादेशबारे अध्ययन हुँदैछ। आजै राति जारी गर्न अस्वीकार गरेका छाै र सम्भव पनि छैन। भोलिसम्म अध्ययन सकिएमा राष्ट्रपतिले जारी गर्नुहुनेछ।'

प्रकाशित मिति: : 2021-08-17 20:22:00

प्रतिकृया दिनुहोस्