म्यान्मारको सशस्त्र समूह 'केएनडिओ'ले स्वीकार्‍याे २५ नागरिककाे हत्या

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo - AFP
Photo - AFP

म्यान्मारकाे जातीय सशस्त्र समूह करेन राष्ट्रिय सुरक्षा संगठन (केएनडिओ)का दुई वरिष्ठ कमाण्डरले २५ जना मानिसलाई आफ्नाे नियन्त्रणमा लिइ हत्या गरेकाे स्वीकार गरेका छन्।

दक्षिण एसियाली क्षेत्रमा मानवाधिकारकाे लागि काम गरिरहेकाे अन्तराष्ट्रिय गैर सरकारी संस्था 'फोर्टीफाई राइट्स'का अनुसार विद्राेही समूहका कमाण्डरले ती मानिसहरूलाई बन्दी बनाई हत्या गरेका थिए।

सर्वसाधारणहरूकाे हत्यामा संलग्न जनरल नेर डा बो म्या र लेफ्टीनेन्ट स बा वाहलाई अहिले पदबाट निलम्बन गरिएको उक्त समूहले जनाएकाे छ।

उनीहरूले आफ्नाे कुनै गल्ती नभएकाे दाबी गरेका छन्। तर ती मानिसहरूकाे हत्या गरेकाे भने स्वीकार गरे। करेन राष्ट्रिय सुरक्षा संगठनका वरिष्ठ कमाण्डका अनुसार हत्या गरिएका ती २५ जना मानिसहरूले सैन्य सरकारको लागि जासूसी गर्थे। फोर्टीफाई राइट्सले भने हत्या गरिएकाहरू सड़क निर्माणमा खटिएका आम–नागरिक भएको दाबी गरेकाे छ।

जनरल बो म्याले भने, 'उनीहरू सही समयमा मारिएका छन्। हाम्राे संगठन र अभियानका लागि ती मानिसहरू निकै घातक रहेछन्। किनकि उनीहरूलाई छाडेको भए फेरि शक्तिशाली भएर आउने थिए।' केएनडिओ लडाकू दस्ता  करेन राष्ट्रिय संघको 'जासूसी विभाग प्रमुख'बाट  २५ सर्वसाधारणकाे हत्या गर्न आदेश आएको उनीहरूले दाबी गरेका छन्।

अन्तराष्ट्रिय गैर सरकारी संस्था 'फोर्टीफाई राइट्स'काले भने हत्या युद्ध-अपराध अन्तर्गत पर्ने र ती कमाण्डरहरूमाथि कडा कारवाही गरिनुपर्ने बताएको छ। मंगलबार एक विज्ञप्तिमा स्विट्ज़रल्याण्डस्थित संस्थाका प्रमुख कार्यकारी अधिकृत म्याथ्थू स्मिथले घटना मात्रै नभइ नरसंसार भएकाे बताएकाे छ।

करेन राष्ट्रिय सुरक्षा संघले गत मे-मा ४७ जना मानिसलाई करेन प्रान्तको कनेले गाँउमा बन्दी बनाएको थियो। जसमध्ये २५ जनालाई जून-१ मा हत्या गरियाे र बाँकीलाई छाडेकाे केएनडिओले स्पष्ट पारेकाे छ।

प्रकाशित मिति: : 2021-08-18 08:35:00

प्रतिकृया दिनुहोस्