देउवालाई गगन थापाकाे दनक- 'ओली सरकारकाे अध्यादेश विराेध गरेर आफैँ अध्यादेश ल्याउने कुनै अधिकार छैन'

File photo
File photo

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले सरकारले हठातमा ल्याएको अध्यादेश पुर्ण रुपमा गलत भएको बताएका छन्। उनले संसद छलेर ल्याइएका र ल्याउने अध्यादेश कुनै पनि हालातमा स्वीकार्य नहुनेसमेत बताएका हुन्। 

त्यसाे त अहिले सरकारकाे नेतृत्व कांग्रेसले नै गरिररहेकाे छ। तर नेता थापाले भने आफ्नै पार्टीकाे नेतृत्वप्रति प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमा आफ्नो धारण राख्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशविरुद्ध उत्रिनेहरुलाई वर्तमान सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने कुनै अधिकार नभएको जिकिर गरे।

उनले भनेका छन्, 'हिजो ओलीले ल्याउँदा गलत भन्ने र त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।' साथै उनले समर्थन नै गर्ने भए पनि त्यतिबेला विरोध गरेकोमा सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताएका छन्।

'गत वर्ष वैशाखमा संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि अहिलेकाे अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन। विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ', उनले थपेका छन्।

प्रकाशित मिति: : 2021-08-18 09:52:00

प्रतिकृया दिनुहोस्