एमाले विवादमा विशेष प्याकेज – भाग २ : ‘सूर्य’को प्रकाशबाहिर कहाँ छ माधव नेपालको स्पेस ?

लोकान्तर

काठमाडौं

दल विभाजनका लागि प्रावधान खुकुलो बनाउँदै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको संघारमा पुगेको छ ।

केही दिनअघि बाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषण गर्ने क्रममा माधव नेपालले पार्टी एकताको अन्तिम पर्खाइमा रहेको बताए पनि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सम्बन्ध पुनर्मिलन हुनै नसक्ने अवस्थामा पुगिसकेको छ । 

ओलीसँग कुनै हालतमा मिल्न नसक्ने बरू नयाँ बाटो रोज्नुपरे रोज्ने स्पष्ट विकल्प लिएर माधव नेपाल अगाडि बढेको देखिन्छ । 

लामो समय माधव नेपालसँग संगत गरेका तर अहिले ओली खेमामा रहेका केन्द्रीय सदस्य विष्णु रिजाल नेता नेपालले पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँछन् । ‘अहिलेको विवादलाई माधव नेपालले नयाँ पार्टी बनाउने अवसरका रूपमा लिनुभएको छ,’ रिजालले भने ।

दोस्रो तहका नेताहरूले एमालेको आन्तरिक विवाद मिलाउन भरमग्दुर प्रयास गरेका छन् । तर, अपेक्षाकृत नतिजा निकाल्न सकेका छैनन् । 

एमाले विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको तर, ओलीले एकपक्षीय रूपमा विघटन गरेको कार्यदलका सदस्यहरूले १० बुँदे जस्तो टालटुले विधि अपनाएकाले एमालेको विवाद झन् गिजोलिएको पार्टी पोलिटब्यूरो सदस्य एवं पुराना कम्युनिष्ट नेता प्रदीप नेपालको बुझाइ छ ।

प्रकाशित मिति: : 2021-08-18 10:45:00

प्रतिकृया दिनुहोस्