प्रताप दासको नयाँ गीत ‘बाफ’ सार्वजनिक (भिडियो)

गायक–गायिका सुजन चापागाईं र विद्या तिवारीको स्वरमा समावेश गीत ‘बाफ’ सार्वजनिक भएको छ। उक्त गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ भने गीतको भिडियोमा नवीन चौहानको कथा तथा निर्देशन रहेको छ।

भिडियोको सम्पादन सुरज पौडेलले गरेका छन्। भिडियोमा गायक प्रताप दास, शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउदलगायतको भिडियोमा अभिनय रहेको छ।

भिडियोलाई अनीश स्याङ्ग्देनले छायांकन गरेका हुन्। त्यस्तै भिडियो युट्युब च्यानल आर्ट्मान्डुमा हेर्न सकिने छ।

प्रकाशित मिति: : 2021-08-18 11:04:00

प्रतिकृया दिनुहोस्