कुलमानविरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकेका हुन्।

प्राधिकरणमा कुलमानको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा शाक्यले आफूलाई गैरकानूनी तवरबाट प्राधिकरणको निर्देशक पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग गरेका छन् ।

प्रकाशित मिति: : 2021-08-18 11:29:00

प्रतिकृया दिनुहोस्