जसपामा अलमल : बाबुराम भन्छन्– अध्यादेश गलत, राजेन्द्र भन्छन्– ठीक

अध्यादेशले संसद्लाई निकास पनि दिन्छ : श्रेष्ठ

रातोपाटी

काठमाडौं

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक छ कि गलत छ भन्नेबारे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेताहरू दुई धारमा बाँडिएका छन् ।

जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश अध्यक्ष उपेन्द्र यादवको समेत सहमतिमा आएको र यो सही भएको बताएका छन् ।  

जसपा नेता श्रेष्ठले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिरक्षा गरिने बताए ।  गठबन्धन बनिसकेपछि त्यसको स्वामित्व लिनुपर्ने बताउँदै उनले भने ‘हामीले सरकारका कामको ‘डिफेन्स’ गर्न सक्नुपर्छ । होइन भने त आज गठबन्धन बन्ने भोलि भत्किने गर्छ ।’

सरकारले मंगलबार ल्याएको अध्यादेश पार्टी अध्यक्ष उपेन्द्र यादवसँग सल्लाह गरेरै आएको श्रेष्ठले बताए । माधव नेपाललाई निकास दिन र संसद्लाई विघटन हुनबाट बचाउने उद्देश्यले अध्यादेश ल्याइएको उनले बताए ।

प्रकाशित मिति: : 2021-08-18 12:02:00

प्रतिकृया दिनुहोस्