राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको काेराेनाबाट निधन

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट निधन भएको छ।

६७ वर्षीय शेरचनको नेपाल एपिएफ अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो।

शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्षसमेत हुन्। संविधानसभा सदस्यसमेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य पनि हुन्।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

प्रकाशित मिति: : 2021-08-19 09:38:00

प्रतिकृया दिनुहोस्