माधव नेपालको विवशता– सिपाहीविनाको कमाण्डर !

अनिश्चित गन्तव्यमा किन एक्लै हिँड्न खोजे माधव नेपाल ?

लोकान्तर

काठमाडौं

एमाले विभाजनको अघिल्लो रात अर्थात् मंगलवार साँझ आफूपक्षीय जनवर्गीय संगठनका नेता कार्यकर्तालाई भर्चुअल सम्बोधनका क्रममा माधव नेपाल भन्दै थिए– तीन महिनापछि पनि पार्टी एकता हुन सक्छ, चुनावअघि या पछि पनि हुन सक्छ । 

७२ घण्टाको बीचमा तीव्र रूपमा विकसित राजनीतिक घटनाक्रमले बुधवार संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेलाई विभाजन गरायो । साउन ३२ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन हठात अन्त्य गरियो ।

हतार यतिसम्म कि प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारबारे अर्को बैठकमा जानकारी गराउन रुलिङ गरे अनि अन्तिममा अधिवेशन नै अन्त्य भयो ।

चर्को विरोधका बीच भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् पाटी पारित भएर भदौ २ मा राष्ट्रपतिबाट प्रमाणीकरण भयो । सोही दिन नेकपा एमाले औपचारिक विभाजनमा गयो । अर्थात्, माधव नेपालले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिए– नेकपा एमाले (समाजवादी)को नाममा ।

आफैँले स्थापित गरेका दोस्रो तहका नेता अर्थात आफ्ना सबै पिल्लरलाई छाडेर माधव नेपालले लगभग एक्लै पार्टी विभाजनको अप्रिय निर्णय लिए ।

९५ सदस्यीय केन्द्रीय समिति बनाइएकोमा प्रदीप नेपाल लगायतले भटाभट आफू विभाजित पार्टीमा नरहेको भन्दै माधव नेपालको पार्टीमा बस्न इन्कार गरे । शुरूमा वामदेव गौतम समेत आफूहरूसँग आउने दाबी गरिएपनि एमालेका प्रभावशाली नेता नेपालसँग आएनन् । 

प्रकाशित मिति: : 2021-08-19 13:21:00

प्रतिकृया दिनुहोस्