ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण

बिएल संवाददाता

सिन्धुपाल्चोक
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको विहीबार शुभारम्भ गर्दै पूर्वाधार विकासमा गाउँपालिकाले उच्च प्राथमिता दिएको बताए।

वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले तीर्थयात्रीको सहजताका लागि पुलबाट सहजत हुने विश्वास व्यक्त गरे । गाँउपालिकाले कोरोनाको कारण यस वर्ष मेला स्थगन गरेको छ।

क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाँउपालिकाको आर्थिक सहयोग गरी रु ४४ लाखमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिए।
 

प्रकाशित मिति: : 2021-08-20 12:03:00

प्रतिकृया दिनुहोस्