सञ्चारकर्मी शीलु अधिकारीको स्वरमा रहेको ‘हजारौंमा तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुङ्गा’ जस्ता सदाबहार एवं चर्चित गीतका गीतकार बीबी थापाको अर्को नयाँ गीत सार्वजनिक भएको छ।

बीबी थापा इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत बिहीबार हजारौंमा तिमीलाई बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा थापाको शब्द तथा संगीतकार मनोज चौलागाईंको संगीत सिर्जना एवं संगीत संयोजन रहेको छ।

अकस्टिक स्ट्युडियोमा रेकर्ड गरिएको उक्त युगल गीतमा गायक सुरेश लामा र सञ्चारकर्मी एवं गायिका शीलु अधिकारीको स्वर रहेको छ।

गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगरले अभिनय गरेका छन्। रविन शाहकै निर्देशनमा निर्मित म्युजिक भिडियोलाई दिनेश पराजुलीले छाँयाकन गरेका छन् भने अमृत चापागाईले भिडियोको सम्पादन गरेका छन्। भिडियोमा समावेश ड्रोन शटलाई विशाल सापकोटाले छायाँकन गरेका हुन्।

प्रकाशित मिति: : 2021-08-20 12:48:00

प्रतिकृया दिनुहोस्