हाँस्य कलाकार ‘बखते’को काेराेना संक्रमणबाट निधन

File Photo
File Photo

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को आज (शनिबार) बिहान निधन भएको छ।

कोरोना संक्रमित भइ लामो समयदेखि उपचाररत थापाको पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

उनी हाँस्य टेलिचलचित्र ‘हल्का रमाइलो’बाट ‘बखते’काे भूमिकामा देखिँदै आएका थिए। थापाले मेरी बास्सै, गोलमाल, भद्रगोल, मह सञ्चार, हल्का रमाइलो लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र र चलचित्रमा अभिनय गरेका छन्।

उनकाे निधनप्रति सामाजिक सञ्जालमार्फत् कलाकारहरूले श्रद्धाञ्जली दिइरहेका छन्। थापाका श्रीमती र दुई छोरा रहेका छन्। 

प्रकाशित मिति: : 2021-08-21 08:19:00

प्रतिकृया दिनुहोस्