नेपाली उडानको गर्विलो इतिहास

नेपालको आकाश सुन्दर छ, समृद्ध पनि। नेपाल र नेपाल भएर उड्ने जहाजहरू सुन्दर हिमालको स्पर्शमा पुग्न सक्छन्।

आठ हजार मिटर उचाइका विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमा पर्छन्। खासगरी यी सुन्दर हिमाल पर्यटकका लागि आकर्षणका केन्द्रविन्दु हुन्। विश्वकै सर्वोच्च हिमाल सगरमाथा पनि नेपालमै पर्छ। जहाजहरू सगरमाथा हुँदै उड्ने गरेका छन्। माउन्टेन फ्लाइटबाट पर्यटक यी हिमालमा रमाउँदै आएका पनि छन्। सामान्यत भदौ/असोजदेखि हुने माउन्टेन फ्लाइट माघसम्म हुने गर्छ। दैनिक दर्जनभन्दा बढी फ्लाइट चाटर्ड हुने गरेका छन्।

जहाजमा मजासँगै जोखिम पनि छ। जोखिम मोल्नेहरूका लागि जीत पनि छ। जीतभित्रको खुसी मानिसको चाहना हो। संसारमा हवाई सेवाको सुरुआत भएको दुई हजार वर्ष नाघिसकेको छ।

आकाशमा चंगा उडाउने वा उडेको देख्नेदेखि सुपरसोनिक र हाइपरसोनिक उडेको देख्नेसम्मको समयमा छ हाम्रो पुस्ता। नेपालमा जहाज उड्न थालेको पनि सात दसक नाघेको छ। ७२ वर्षअघि पहिलोपटक भिन्टेज बिच एअरक्र्याफ्ट नामको जहाज काठमाडौंस्थित सानोगौचरणमा अवतरण गरेको पाइन्छ। सडकबाट भन्दा निकै कम समयमा लामो लामो दूरी पार गर्न सकिने अववसर जहाजले उपलब्ध गराएकाले पनि मानिसको यसमा आकर्षण थपिएको हो।

नेपालमा हवाई सेवाको यात्राको शुभारम्भ भनेकै थोरै क्षेत्रफलको सानो गौचरणबाट भएको हो। डकोटा विमानबाट नेपालले सुरु गरेको हवाई सेवा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो आधुनिक एवं सुविधासम्पन्न एअरपोर्ट र एअरबस ३३० सम्म पुगेको छ। नेपाल हवाई सेवामा प्रवेश गरेदेखि हालसम्म (अर्थात् सन् १९४९ देखि २०२१ सम्म) कुन कुन वर्षमा के के उपलब्धि, घटना र दुर्घटना भए सोको लेखाजोखा यहाँ प्रस्तुत गरिएको छ :

सन् १९४९ : यो वर्ष हवाई सेवाको क्षेत्रमा नेपालको ऐतिहासिक वर्षको रूपमा मान्न सकिन्छ किनभने यही वर्ष भारतीय राजदूत श्री सरजीत सिंह महाथिया एउटा जम्मा चार सिट क्षमता र एक मात्र इन्जिन भएको भिन्टेजबिच एअरक्राफ्टबाट नेपालको गौचरणमा अवतरण गरेका थिए।

प्रकाशित मिति: : 2021-08-21 16:24:00

प्रतिकृया दिनुहोस्