लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन्।

प्रदेशसभा सचिवालयले सोमबार दिउँसो कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने उल्लेख गरेको छ।

मुख्यमन्त्री केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन्।

माओवादी केन्द्रका संसदीय दलका नेता केसी साउन २८ गते प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमालले दुई प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी वली खत्रीलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: : 2021-08-23 15:13:00

प्रतिकृया दिनुहोस्