‘सभामुखले हाम्रा कुरा सुन्नु भएन, उहाँ माओवादीको निर्देशनपालक बन्नुभयो’

नेकप एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने कार्यसूचीबारे जानकारी नभएको बताएका छन्। उनले साेमबारकाे बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने हल्ला सुने पनि उक्त कार्यसूचीबारे  सभामुखले जानकारी नगराएको बताएका हुन्।

‘बिहान  एउटा कार्यसूची थियो, अहिले फेरिएछ जसबारे हामीलाई कुनै जानकारी छैन’, ढकालले भने,‘हामीसँग कार्यसूचीबारे छलफल गरिएन, हामी बैठकमा जादैनाैँ।’

यसअघि प्रदेश सभाको साेमबारको पहिलो बैठक बहिष्कार गरेको एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा सहभागी नहुने बताएको हो। 
सचेतक ढकालले प्रदेश सभामुख पूर्णबहादुर घर्तीको कार्यशैली ठीक नभएको पनि आराेप लगाए। 

‘सभामुखले हाम्रा कुरा सुन्नु भएन, उहाँ माओवादीको निर्देशनपालक जस्तो बन्नुभयो, जसको हामी घोर विरोध गर्छौ।’ ढकालले भने। 

प्रकाशित मिति: : 2021-08-23 16:28:00

प्रतिकृया दिनुहोस्