लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासकाे मत 

File Photo
File Photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री केसीले विश्वासकाे मत पाउँ भनी साेमबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए। 

उनकाे पक्षमा ४२ मत परेकाे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराएका छन्। पक्षमा शून्य मत परेको छ भने एक मत तटस्थ रहेकाे छ। 

प्रदेशसभाका ८० सांसदमध्ये मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ४३ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो।

गत साउन २८मा मुख्यमन्त्री नियुक्त भएका केसीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। 

पूर्वमुख्यमन्त्री शंङ्कर पाेखरलले राजीनामा दिएपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो।

प्रकाशित मिति: : 2021-08-23 17:13:00

प्रतिकृया दिनुहोस्