प्रभासकाे नयाँ चलचित्रबारे जान्नैपर्ने यी कुराहरु

दक्षिण भारतीय चलचित्र हुँदै बलिउडमा प्रवेश गरेका बाहुबली प्रभास पछिल्लो समय नयाँ चलचित्र ‘सालार’को छायांकन व्यस्त छन्।

चलचित्रमा प्रभाससँग अभिनेत्री श्रुति हासनले रोमान्स गर्दैछिन्। यसैबीच चलचित्रमा जगपति बाबु पनि भित्रिएका छन्।

निर्माण समूहले चलचित्रको एउटा पोष्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। सार्वजनिक भएको पोष्टरमा जगपति बाबु राजामनारको भूमिकामा देखिएका छन्।

चलचित्रलाई प्रशान्त नीलले निर्देशन गर्दैछन्। यसअघि उनले निर्देशन गरेको चलचित्र ‘केजीएफ’ सुपरहिट बनेको थियो। त्यस्तै ‘केजीएफ २’ पनि उनले नै निर्देशन गरेका हुन्। तर यो चलचित्र भने रिलिजको तयारीमा छ।
 

प्रकाशित मिति: : 2021-08-24 09:25:00

प्रतिकृया दिनुहोस्