कुलमानविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

कुलमानको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन्।

प्राधिकरणमा कुलमानको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा  रिट दायर गरेका थिए।

रिटमा शाक्यले आफूलाई गैरकानूनी तवरबाट प्राधिकरणको निर्देशक पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग गरेका छन्।

प्रकाशित मिति: : 2021-08-24 11:59:00

प्रतिकृया दिनुहोस्