अनैतिक सम्बन्धकाे आशंकामा युवकले गरे पिता र पत्नीकाे हत्या

धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्। मिथिला बिहारी नगरपालिका वडा– ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन्।

२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन्।

उनले हत्या गरेर शव बारीको झाडीमा गाडेको प्रहरीले जनाएको छ। उनीहरू शव गाडेकाे आशंकापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ।

हत्या आरोपमा भागेश्वरलाई प्रहरीले पक्राउ गरेको छ। उनी वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए। पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको प्रहरीको बताएकाे छ। भागेश्वरले बुवा र श्रीमतीले आफू विदेश भएकाे बेला अनैतिक सम्बन्धमा रहेकाे आराेप लगाउँदै आएकाे स्थानीयले बताएका छन्। 

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-24 11:59:00

प्रतिकृया दिनुहोस्