माधव नेपालले भने– ओलीले हामीलाई घर न घाटको बनाउने षड्यन्त्र गरे

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएपछि आफूहरुले नयाँ पार्टी गठन गरेको बताएका छन्।

चन्द्रागिरी रिसोर्टमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको बताएका छन्।

‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ, त्यो षड्यन्त्रलाई हामी चिर्छौं। कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ,’ नेता नेपालले भने। 

नेपालले यो कुनै पदका लागि, निजी लडाइँ नभइ मूल्य मान्यताको भएको बताए। एमालेबाट निष्कासन गरिएपछि आफूहरूसँग नयाँ पार्टी गठनको विकल्प नरहेको उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-08-24 13:16:00

प्रतिकृया दिनुहोस्