पूर्वमन्त्री वीना मगर छाेरा लिएर किन गइन् स्वयम्भु ?

पूर्वमन्त्री विना मगरका छोरा प्रणव दाहालकाे धर्मप्रतिकाे आस्था र लगाब निकै नै भएकाे पाइन्छ।

बुधबार मगरले छाेरा प्रणवलाई स्वयम्भुनाथ घुमाउन लगेकी थिइन्। त्यहाँ उनले माग्न बसेकाहरुलाई नमस्कारसमेत फर्काए।

स्वयम्भुनाथमा प्रणवले दर्शन गरेका थिए। उनले त्यहाँका स्तुप र मन्दिरहरुको दर्शन गर्दै हात जोडे। प्रणव स्वयम्भु पुगेकाे तस्बिर विनाले फेसबुक पेजमा राखेकी छिन्।

घुमफिर गर्न रुचाउने हुँदा उनी प्रायः आफै सवारी चलाएर यात्रा गरिरहन्छिन्। छोरालाई साथमा लिएर घुमिरहन्छिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एकमात्र छोरा प्रकाश दाहालका दुई छोरा छन्। प्रकाशका दुई पत्नीतर्फका दुई छोरामध्ये प्रणव कान्छा हुन्।

प्रकाशित मिति: : 2021-08-25 20:21:00

प्रतिकृया दिनुहोस्