महाकाली तुइन प्रकरणः नदीमा बेपत्ता जयसिंह धामीबारे अझै बोलेन सरकार, दोषीलाई कारबाही हुने आशामा परिवार

बिबिसी

काठमाडौं
फाेटाेः बीबीसी
फाेटाेः बीबीसी

गत साउन १५ गते तुइनबाट महाकालीमा खसेर जयसिंह धामी वेपत्ता भएको प्रकरणको छानबिन प्रभावित बनेको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन।

सहसचिव गौतमले भने,"प्रक्रिया नै लामो छ त्यसैले आज या भोलि नै निष्कर्षमा पुगिन्छ भन्ने अवस्था छैन।"

उनले भने, "छलफल जारी छ। अध्ययन अनुसन्धान गर्दै जाँदा नयाँ तथ्य फेला पर्छ। त्यसलाई दार्चुलाको जिल्ला प्रहरी या जिल्ला प्रशासनमार्फत पुनः पुष्टि गर्नुपर्छ।"

साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा दश दिनमा प्रतिवेदन तयार पार्ने गरी ५ सदस्यीय छानबिन समिति गठन भएको थियो।

साउन २५ गते समितिले प्रतिवेदन तयार पार्नका लागि थप एक साता मागेको थियो।

त्यसपछि दोस्रोपटक थपिएको म्याद भदौ ७ गते पूरा भइसकेको छ।

प्रकाशित मिति: : 2021-08-26 08:35:00

प्रतिकृया दिनुहोस्