नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भएको छ। भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो। उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो।
उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो। ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उनलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो। विसं २०७६ मा उनी न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भएका थिए। थुप्रै पुस्तक लेखेका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ।
दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ।