बर्सेनि किन डुब्छ तराई ?

अन्नपूर्ण पोष्ट

राजकरण महतो

चुरेबाट बग्ने खोलाले यतिखेर एकाएक रुप फेरेका छन्। खोलाले रुप फेरिदिँदा तराईका ३७ जिल्ला डुबानमा परेका छन्। स्थानीय त्रसित छन्। चुरेबाट बग्ने १ सय ६४ नदीको चरम दोहनले बस्ती मात्रै प्रभावित भएका छैनन् स्थानीय अकालमा ज्यान गुमाउन बाध्य छन्।

वर्षात्‍मा प्रत्येक वर्ष तराई डुबानमा पर्नुको मुख्य कारण अत्याधिक चुरे दोहन रहेको वातावरणविज्ञ बताउँछन्। तराईबासी प्रत्येक वर्ष बाढीमा डुबेरै निसासिन्छ। गाउँमा खोलाको बाढीले बाँध भत्काएर गाउँ पसेपछि घरसँगै,सडक सञ्जाल र विद्युत सेवा अवरुद्ध हुन्छ। त्यहाँबाट विस्थापितहरु हलचल गर्न समेत पाउँदैनन्। असार, साउन, भदौ मधेशबासीका लागि दु:खद महिना हुन्। यी तीन महिनामा बाच्न पाए बाँकी ९ महिना सहजै बाँच्न सक्नेमा उनीहरु ढुक्का हुन्छन्। यी तीन महिनामा जीवन पार लगाएकाहरु रोगब्याधीको भयले छुँदैन।

हरेक वर्ष वर्षातको समयमा डुङ्गा र हेलिकोप्टरबाहेक गाउँ जाने सबै विकल्पमा बाढीले बिराम लगाउने गरेको प्रदेशसभा सदस्य सारदा देवी थापाले बताइन्। 'वर्षा हुनु र बाढी आउनु प्राकृतिक नियम हो। तर, बाढीले बस्ती डुबाउनु र मान्छे मार्नु मानव सिर्जित समस्या हो,'नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाका सभापति दीपक मिश्र भन्छन्,‘चुरे दोहनले बाढीले बगाएर ल्याउने बालुवाले खोलाको तह बढेर गाउँभन्दा माथि आइसकेको छ।’

प्रकाशित मिति: : 2021-08-27 14:59:00

प्रतिकृया दिनुहोस्