गति छाड्दै जनप्रतिनिधि– बलात्कारको आरोपमा पक्राउ पर्ने अध्यक्षदेखि 'मृतकलाई अनुदान दिने'सम्म !

लोकान्तर

प्रकाश आचार्य

जनप्रतिनिधि माथि जनताको ठूलो भरोसा थियो। तर, जनताका आशा–अपेक्षा पूरा गर्नुपर्ने धेरै प्रतिनिधि विवादमा फसेका छन्।

सार्वजनिक ओहोदा रहेर जवाफदेहिता निर्वाह गर्नुपर्ने जनप्रतिनिधि आफैँ कानूनबाहिर गएर काम गरेको भेटिएको छ।

२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकालको ४ वर्ष पूरा गरिसकेका छन्। यो बीचमा धेरै जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्न सकेनन्। उल्टै आफैँ विवादमा मुछिएका छन्। राज्य सञ्चालनका विभिन्न प्रक्रिया मध्ये स्थानीय तह जनताको घरदैलोको सरकार हो। 

गाउँपालिका अध्यक्ष नै बलात्कारको आरोपमा पक्राउ 

रूपन्देहीको दक्षिणी क्षेत्रको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल गएको साउन २८ गते स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परे।

‘बब्लु’ नामले समेत परिचित उनलाई १३ दिनपछि रूपन्देही जिल्ला अदालतले भदौ ८ गते साढे ५ लाख धरौटीमा रिहा गरिदियो।

प्रकाशित मिति: : 2021-08-30 14:28:00

प्रतिकृया दिनुहोस्