बागमती प्रदेशमा फेरिएला त सरकार ?

रातोपाटी

गणेश दुलाल

बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन्। यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन्।

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो।

गठबन्धनका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ। यद्यपि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका छन्। उनले गठबन्धनमा सरकारको नेतृत्वबारे छलफल भइरहेको बताए।

गत भदौ २ गते नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर पार्टी विभाजनको असर न्यूनीकरणको प्रयत्न गरेका थिए। उनले एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावमात्र गरेनन्, सर्वसम्मत चयनसमेत गराए।

प्रकाशित मिति: : 2021-08-30 17:15:00

प्रतिकृया दिनुहोस्