चितवनको भरतपुर अस्पतालमा अख्तियारले हान्यो छापा

फाइल तस्वीर
फाइल तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाबाट खटिएको विशेष टोलीले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ। अस्पतालको फार्मेसीमा अनियमितताको उजुरीका आधारमा अख्तियारले छापा हानेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेपछि उक्त छापामारी गरेको जनाइएको छ।

अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली भरतपुर पुगेको थियो।

प्रकाशित मिति: : 2021-09-02 14:19:00

प्रतिकृया दिनुहोस्