नेपाली कांग्रेस रोल्पाका जिल्लाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कारकाे आरोपमा पक्राउ परेका छन्। स्थानीय ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो।
खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रोपटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले बताएका छन्।
पीडित महिलाले जबरजस्ती करणी गरेको लिखित उजुरी लिएर आएपछि थप अनुसन्धानका लागि पक्राउ गरेको डिएसपी सुवेदीले जानकारी दिए।
पीडित महिलाको रोल्पा अस्पताल रेउघामा स्वास्थ परिक्षण समेत भैसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।