सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका एआईजीको सरुवा निकालेको हो।
मन्त्रीपरिषदले एआईजी हरि पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ। उनी यसअघि पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमै थिए।
त्यसैगरी एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ। पोखरेल यसअघि अपराध अनुसन्धान विभागमा थिए। एआईजी पोखरेलको ठाँउमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ। प्रहरी तालिम केन्द्रमा एआईजी निरज शाहीको सरुवा भएको छ।
त्यस्तै, एआईजी सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ। केपी शर्मा ओली सरकारले गरेको एआईजी सरुवा देउवा सरकारले रद्ध गरेको थियो।