गृहमन्त्रीलाई भेटेर प्रकाण्डले भने– जयसिंह धामीको घटनाबारे तत्काल अनुसन्धान गर्नुहोस् 

गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्क बहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो।

भेटमा केपी शर्मा ओली नेतृत्वकाे सरकारसँग भएकाे तीन बुँदे सहमती कार्यन्वयन गर्न माग राखेकाे विश्वकर्माले बताएका छन्। उनले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहाई गर्न समेत अनुराेध गरेका छन्। 

भूमिगत रूपमा रहेकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा सरकारसँगकाे तीन बुँदे सहमतिपछि राष्ट्रिय राजनीतिमा आएकाे थियाे। ओली नेतृत्वकाे सरकारले गरेकाे सहमति कार्यन्वयनमा गृहमन्त्री सकारात्मक देखिएकाे विश्वकर्माले बताएका छन्। उनले भेटमा एमसीसी बारे छलफल समेत भएकाे बताएका छन्।

त्यस्तै, दार्चुलाको महाकाली नदी तर्दा भारतीय सुरक्षाकर्मीले तुइँन काटिदिदाँ बेपत्ता भएका जयसिंह धामीकाे घटनाबारे तत्काल अनुसन्धान गरेर कारवाही गर्न माग समेत राखेकाे विश्वकर्माले बताएका छन्।

प्रकाशित मिति: : 2021-09-03 18:00:00

प्रतिकृया दिनुहोस्