पर्वत पहिरो : चार जिल्लाको सम्पर्क विच्छेद, हेलिकोप्टरबाट बिरामीको उद्धार

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका चार जिल्लाको सम्पर्क विच्छेद भएको छ।

शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो।

बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ। पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ।



पर्वत पहिरो : एकै परिवारका पाँचसहित १० जनाको मृत्यु 

प्रकाशित मिति: : 2021-09-03 18:07:00

प्रतिकृया दिनुहोस्