सेजनको अध्यक्षमा जनार्दन, भागवत बने महासचिव

आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन्। अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए।

यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन्। 

सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2021-09-03 20:34:00

प्रतिकृया दिनुहोस्