भूस्वर्गका दुर्लभ किन्नरीहरू

दिनेश गौतम

काठमाडौँ

चाँदीझैं टल्कने हिमटाकुरा। काखमा हिउँ पग्लिएर बनेका हिमताल। विस्तारै खोलाको रूप लिँदै तालको निकास बग्छ। तलका समथर फाँट र थुम्का वन्यजन्तुका आश्रयस्थल हुन्। पर्यटक रमाउने भूस्वर्ग हुन् र हिमाली जनजीवनको मुटु पनि। यो हिमालको दृश्यलाई फेदमा रहेका पहाड र तराईले रङ भरेको छरमुलुक बनेको छ।

नेपाल हिमालै हिमालको देश हो पनि हो। १५ सय हिमालमध्ये पाँच सय वटा नेपालमा पर्छन्। मुलुकको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रमा छ। हिमाल जति सुन्दर छन् अनि त्यति नै समुन्नत र समृद्धिको सम्भावना बोकेका पनि। हिमाल चढ्न संसारभरका साहसिक पर्यटक झुम्मिँदा लोपोन्मुख सूचीमा रहेका वन्यजन्तु यतै रमाएको भेटिन्छन्। नेपालको हिमाल, पहाड र तराईले सौन्दर्यता बोकेर मात्रै बसेका छैनन्, लोप हुन लागेका वन्यजन्तु र जडीबुटीलाई पनि संरक्षण दिएका छन्। 

कुन वन्यजन्तु हेर्ने रु गाइडको प्रश्नमा नेपाल आउने अधिकांश पर्यटकले निधार तन्काउँछन्। अद्भुत प्रकृति एवं आकर्षक वन्यजन्तु हेर्दा मक्ख पर्छन्। धेरैजसो आगन्तुकको रोजाइ कि ट्रेकिङ हुन्छ कि त वन्यजन्तुको अवलोकन। नेपाल भित्रिने कुल विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा अन्य संरक्षित ठाउँमा घुम्न जाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। दुर्लभ वन्यजन्तु कृष्णसार (ब्ल्याक बक) हेर्न बर्दिया पुग्न सकिन्छ। कृष्णसार संरक्षण क्षेत्रबाट झन्डै ५० किलोमिटर पूर्व–दक्षिणमा जाँदा बर्दिया राष्ट्रिय निकुञ्ज पुगिन्छ। बर्दियाका साथै सीमा जोडिएको बाँके राष्ट्रिय निकुञ्जमा पुगे बाघलगायतको वन्यजन्तु देखिन्छ।

प्रकाशित मिति: : 2021-09-04 15:00:00

प्रतिकृया दिनुहोस्