निर्देशक सुदर्शन थापाले सुप्रियासँग साटे औंठी

File photo
File photo

र्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ।

सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन्।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे। सुप्रिया मोडल पनि हुन्। हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।  सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ। 

प्रकाशित मिति: : 2021-09-06 13:55:00

प्रतिकृया दिनुहोस्