पहिरो खसेको ढुंगा लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको छ। नलगाड नगरपालिका- ५ मा ढारसिर्केमा घरमा बसेको समयमा ढुंगा लागेर १० वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ढुंगा लागेर बालकका बुबा ४६ वर्षीय गोरखबहादुर खड्का र उनको श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन्।
घाइतेको दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुतिरहेको समयमा बिहान करिब ३ बजे घरमाथि ढुंगा खसेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
: 2021-09-06 19:49:00