ओलीको टिप्पणी: बेसरम व्यक्तिको नेतृत्वमा एमाले फुटाउने अभियान चलेको छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बेसरम व्यक्तिको नेतृत्वमा एमाले फुटाउने अभियान चलेको बताएका छन्। पोखरामा आयोजित बृहत कार्यकर्ता भेला सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यकर्ता सम्बोधन गर्दै उनले सरकारमा नभए पनि देश चलाउने जिम्मेवारी आइ लागेको बताए। देश शान्तिपूर्ण आन्दोलनका लागि जागेको बताए। देश बर्बाद पार्ने तत्व लागि परे पनि कुनै शक्ति एक्लै एमाले हेर्न पनि नसक्ने उनको जिकिर छ।

'अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अभियान चलेको छ। नेकपा एमाले खत्तम पार्ने। मन्त्रीको पद बेच्न आइ रहेका थिए। ए,...बाबा खान जन्मेका हौ खाउ न। नेकपा एमाले खान मात्रै होइन देश बनाउन जन्मेका हुन्,' उनले भने।

पार्टी भित्र आत्मकेन्द्रित सानो स्वार्थ को लागि देश ध्वस्त पार्न खोजेको उनको आरोप छ। 'कोहि भाइ, भतिजा, कोहि छोरी ज्वाईं भाइ भतिजाको पछि कुद्ने। पार्टीभित्र विभिन्न पद लोलुप प्रविती हावी। समृद्ध नेपाल सुखी नेपाली भन्ने सुन्न नसक्ने। कान टकटकाउने। नेकपा एमाले सरकारले विश्वले देख्ने गरि नेकपा एमालेले गरेको छ,' उनले भने। एमाले नेतृत्वको सरकार डटेर नाकाबन्दी विरुद्ध लागेको उनले बताए।

सरकारले कसैले नगरेको पाइपबाट अमलेखगञ्ज सम्म पेट्रोलियम पदार्थ ल्याउने काम गरेको उनको भनाइ छ। यसले ढुवानी देखि थुप्रै काममा लाभ पुर्‍याउने उनले बताए। विभिन्न विकास निर्माणका काम आफ्नो सरकारको पालामा गरेको उनले सुनाए।

माधव नेपाल पार्टीमा अडिन नसक्ने र विघटन गर्न लागि परेको उनले दोहोर्‍याए।'यो दिउला त्यो दिउला भन्दै जिल्ला जिल्ला गएर अभियान चल्यो। काङ्ग्रेस हामी सङ्ग लड्न आट गरेको छैन। उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्न खोज्ने ?' उनले भने।

विरोधी हसाउने खेल पार्टी भित्रबाटै सुरु भएको उनले बताए। 'मैले एकीकरण गर्न खोजेको थिए। गुटबन्दी गरेर प्रतिक्रियावादीको पाउमा लगेर देश चढाउन खोजियो। प्रचण्ड माधवले पार्टी कब्जा गरे। कब्जा हुँदैन भनेर कार्यकर्ताले साथ दिए। पार्टी जोगाए,' उनले भने, 'ठुलाठुला नेता जाउ जता जाउ जाउ कता जाउ भएको। प्रकाशको गतिमा कुदेका युवा देख्छु। मेरो आतमबल बढेर आउँछ। सबै थोक छोडेर देश जोगाउन हिडेको देख्छु मेरो हौसला बढेर आउँछ।'

नेकपा एमालेलाई चारैतिर पासो थाप्ने कामको माधव नेपालले अगुवाइ गरेको उनले आरोप लगाए। उनले सरकार आउने बित्तिकै नकाम गरेको आरोप लगाए।'गरिब मारा सुकुम्बासी विरोधी। मालिक हुन पर्ने ? सुकुम्बासी नभए त यीनिहरु मालिक हुन पाउदैनन्,' उनले भने। अदालतले भुमिहिनको पक्षमा फैसला गर्ने अपेक्षा लिएको उनले बताए।

५ दलको अपवित्र पैय १४ महिना चले पनि त्यो भन्दा बढी नचल्ने उनले बताए। 'सके दुई तिहाइ नत्र अत्यधिक मत लिएर आउछौ,' उनले भने। एमाले सरकारले कब गर्‍यो ? भनेर खोज्ने भए जहाँ उभियो त्यही पाइने उनले बताए।

माधव नेपाल एमाले लखेट्न लागि परेको उनको आरोप छ। माधव नेपाल बिग्रेको मात्र नभइ पतन भएको उनले बताए। कुपुत्र जन्मे कुलै समाप्त हुने उनको भनाई छ। बल्ल बल्ल कुल जोगाएको उनले बताए। प्राकृतिक प्रक्रिया भन्दा फरक बिग्रिएर पात झरेको उनको भनाई छ।

प्रकाशित मिति: : 2021-09-07 14:44:00

प्रतिकृया दिनुहोस्