अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन। गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ।
यति बेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ। उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरिसकेकी ऋचा हालै कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन्।
उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन।