सेयर बजारमा विकृत खेलोफड्को : दोष कसको ?

‘बजारको जिम्मा हाम्रो होइन’ : केन्द्रीय बैङ्क, ‘हाम्रो नियन्त्रणमा छैन’ : नेप्से

रातोपाटी

प्रयास श्रेष्ठ

पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ। कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ। यसले नै बजारमा तरङ्ग ल्याएको हो। यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ।

राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो। जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र (सेयर) धितो कर्जामा अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो। मौद्रिक नीतिमार्फत गरिएको सोही व्यवस्थाका कारण नै अहिले बजार घटेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैङ्कमाथि धारेहात लगाइरहेका छन्। तर, राष्ट्र बैङ्क यो मान्न तयार छैन। 

प्रकाशित मिति: : 2021-09-09 07:51:00

प्रतिकृया दिनुहोस्