कंगना रनौतकाे अपील उच्च अदालतद्वारा ठाडै अस्वीकार

बलिउड अभिनेत्री कंगना रनौतकाे अपिललाई मुम्बई उच्च अदालतले अस्वीकार गरेकाे छ।

बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको आराेपमाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार गरेको हाे।

जावेद अख्तरले अघिल्लो वर्ष नोभेम्बरमा कंगना विरुद्ध एउटा मुद्दा दर्ता गरेका थिए। जसमा कंगनाले टिभी पत्रकार अर्णब गोस्वामीलाई दिएको एक टिभी अन्तरवार्तामा आफूविरुद्ध यस्ता बयान दिएको जसका कारण उनको प्रतिष्ठामा ठेस लागेको बताइएको थियो।

साेही अनुसार कंगनाले पनि अदालतमा कारवाही राेक्न अपिल गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-09-10 06:11:00

प्रतिकृया दिनुहोस्