प्रतिनिधिसभा बैठक बस्दैः एमालेले आज पनि नाराबाजी लगाउन सक्ने, यस्ताे छ कार्यसूची

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो। नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो।

एमालेले आज पनि बैठक चल्न नदिने संकेत देखाएकाे छ।

प्रकाशित मिति: : 2021-09-10 07:59:00

प्रतिकृया दिनुहोस्