प्रचण्डलाई एमसीसी मनाउने प्रयासमा फातिमा, प्रचण्डले भने– बुझौँला (भिडियाे)

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। फातिमा प्रचण्डलाई भेट्न शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन्। 

भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो। 

प्रचण्ड निवास पुगिन् एमसीसी उपाध्यक्ष फातिमा सुमार

भेटमा फातिमाले एमसीसी पारित हुने वातावरण बनाउन प्रचण्डसँग् आग्रह गरेकी छिन्। उनले एमसीसीका विषयमा प्रचण्डलाई विश्वस्त गराउने प्रयास गरेकाे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा बताएका छन्।

उनका अनुसार प्रचण्डले फातिमालाई एमसीसीकाे बारेमा थप बुझ्ने र निर्णय गर्ने बताएका छन्। 

प्रचण्डलाई फकाउन खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फातिमा, चियासहित यसरी स्वागत गरियाे

प्रकाशित मिति: : 2021-09-10 10:33:00

प्रतिकृया दिनुहोस्