राष्ट्रियसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने 

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ।

यसपछि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। 

प्रकाशित मिति: : 2021-09-10 11:03:00

प्रतिकृया दिनुहोस्