स्रोत नखुलेको ११ लाख रूपैयाँसहित नागढुङ्गाबाट एक १९ वर्षीय किशोर पक्राउ परेका छन्।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उनलाई नागढुङ्गा प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारत पश्चिम वंगाल हाउडा घर बताउने वर्ष १९ को शोविक आदकलाई नगदसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले बताए।
एसएसपी सिंहका अनुसार उनले बोकेको कालो झोलाभित्र श्रोत नखुलेको नेपाली रुपैयाँ ११ लाख लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको थियो।
आदकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि थप अनुसन्धानको लागि सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन ललितपुर पठाइएको थानकोट बृत्तले जनाएको छ।