प्रतिनिधिसभा बैठक : एमाले सांसद्को नाराबाजीबीच सभामुखले अघि बढाए कारवाही 

File Photo
File Photo

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्। 

शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो। दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए।

एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए। 

एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन्। सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2021-09-10 14:15:00

प्रतिकृया दिनुहोस्