कोभिड नेपाल: बजारमा सहजै पारासिटामोल नपाइनुका तीन कारण

बिबिसी

संजीव गिरी

कोभिड-१९ महामारी फैलिएकै बेला नेपालका विभिन्न स्थानमा पारासिटामोलको अभाव देखिएको गुनासो सर्वसाधारणहरूले गर्दै आएका छन्।

एउटै पसलमा उक्त औषधि पाउन नसकेपछि विभिन्न पसल चाहर्नुपर्ने बाध्यता आइलागेको गुनासो सामाजिक सञ्जालमार्फत् कतिपयले गरिरहेको पाइन्छ।

औषधि व्यवस्था विभागले पनि बजारमा सिटामोलको "चरम अभाव नभए पनि" एउटै पसलमा "सहजै उपलब्ध हुन नसकेको" गुनासो आफूकहाँ आउने गरेको जनाएको छ।

"…खोज्दा केही फार्मेसीमा नभेटिने तर एक-दुईवटा फार्मेसी छोडेर गएपछि भेटिने कुरा आएको हो," औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने।

नेपाल औषधि लिमिटेडले पनि बजारमा आफूहरूले गरेको अनुगमनका क्रममा सिटामोलको "अलिअलि कमी देखिएको" जनाएको छ।

अधिकारीहरूका अनुसार पछिल्लो समय सिटामोलको मागमा उल्लेख्य रूपमा वृद्धि भएको छ। त्यस्तै उक्त औषधिको बजार मूल्य लामो समयदेखि समायोजन हुन नसकेकाले पनि उत्पादनमा समस्या देखिएको हुनसक्ने कतिपयको आशङ्का छ।

प्रकाशित मिति: : 2021-09-10 15:10:00

प्रतिकृया दिनुहोस्