सांसद झाले भनिन्- 'सभामुखकाे टाउकाे फुटाउँन माइक तानेकी हुँ, जसरी पनि फुटाउँछु'

नेकपा एमालेकी सांसद रेखा झा विवादमा तानिएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपश्चात पत्रकारहरूसँग कुराकानी गर्दै आफूले सभामुखको टाउको फुटाउने योजना बनाएको बताएपछि उनी विवादमा तानिएकी हुन्।

पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको हुँ । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ, बैठक चलाउने ?’

उनले थपिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन, मौका मिल्यो भने हान्छौँ ।’
 

प्रकाशित मिति: : 2021-09-10 19:43:00

प्रतिकृया दिनुहोस्